
0Shares
पोखरा भ्यूज
काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत प्राप्त फाइजर खोप सोमबहार विहान नेपाल आइपुगेको हो । फाइजर खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।
यसअघि प्रयोग भएका एस्ट्राजेनेका, भेरोसेल र जोनसन एण्ड जोनसन भन्दा फाइजर खोपलाई माइनस ८० डिग्री सेल्सियस तापमानमा भण्डारण गर्नुपर्ने हुन्छ ।
त्यसैले प्राप्त खोपलाई खोप केन्द्रमा पुर्याउनुअघि केन्द्रीय खोप भण्डारमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार फाइजरको खोप भण्डारण र खोप कार्यक्रम सञ्चालनमा पनि समस्या देखिएको छ। यो खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई छुट्टै तालिम दिने सरकारको तयारी छ विभागको छ ।
0Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।