0Shares

पोखरा भ्यूज

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवाराले सोमबारका लागि आव्हान गरेको फुलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले भोलि मङ्गलबार प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छन् ।

सर्वोच्चका १३ जना न्यायाधीशहरुको सामूहिक छलफलले गरी भोलि बिहान ११ बजे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेर कुरा राख्ने र राजीनामाका लागि आग्रह गर्ने निर्णय भएको छ ।

सर्वोच्च अदालतका अधिकाँश न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराका गतिविधिप्रति प्रश्न उठाउँदै आएका छन् ।यद्यपि आजको बैठकमा न्यायाधीश नहकुल सुवेदी सहभागी भएनन् ।

प्रधानन्यायाधीश जबराले आज हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् (फुल कोर्ट) बोलाएका थिए ।

सर्वोच्च अदालतमा आज तोकिएका सात वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन । इजलासमा नगएका न्यायाधीशहरूले सामूहिक छलफलमा सहभागी भएका थिए । यसले प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरुको मोर्चा बलियो भएको न्यायकर्मीहरुले बताएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected