
0Shares
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ अंकमा उक्लिएको छ ।
‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढ्यो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ ।
दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ँ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३०क रोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ । कारोबार रकम दशैं बिदा पछिकै सर्वाधिक हो ।
0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।













