0Shares

पोखरा भ्यूज
काठमाडौँ । सरकारले परिचयपत्र विना कसैलाई पनि घर, कोठा र अपार्टमेन्ट भाडामा नदिन भनेको छ । विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेको भेटिएपछि गहृमन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परिचयपत्र बिनाका कसैलाई पनि घर, कोठा, अपार्टमेन्ट भाडामा नदिन सार्वजनिक अपील गरेको हो ।

सोमबार काठमाडौंको सिनामंगलबाट १२ अफगान नागरिक नक्कली भारतीय रासनकार्ड सहित समातिएपछि सरकार चनाखो बनेको हो ।

ती अगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं आएर शरणार्थी भई बसेको पुष्टि भएको छ । गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि अनुरोध छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected