0Shares

पोखरा भ्यूज
काठमाडौं । सरकारले बेमौसमी वर्षापछिको बाढी पहिरो र डुवानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठित कार्यदललाई ३ दिनभित्र प्रतिवेदन दिन भनेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको कार्यदल गठन गरेको हो ।
असोज १ गतेदेखि ३ दिनसम्म परेको बेमौसमी वर्षाका कारण प्रदेश १, लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको प्रारम्भिक तथ्यांक छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected