18Shares

पोखरा भ्यूज
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अझै पर सर्ने संकेत देखिएको छ । आइतबार भएको काँग्रेस पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पुसमा महाधिवेशन सार्ने प्रस्ताव गरेपछि यस्तो संकेत मिलेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा महाधिवेशन सार्ने प्रस्ताव गरे पनि सहमति जुट्न भने जुटेको छैन । तोकिएकै समयमा निवार्चन गर्न सम्भव नहुने निवार्चन समितिको निष्कर्ष रहेको चर्चा चलिरहेको बेला पार्टीमा महाधिवेशनको नयाँ मितिबारे पार्टी र निर्वाचन समितिबीच छलफल भइरहेको छ ।

प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समितिलाई १५ दिन आवश्यक पर्ने निर्वाचन समितिको भनाइ छ । यद्यपि महाधिवेशन गराउने जिम्मा निर्वाचन समितिमो भए पनि पार्टीको सहयोग भएको छैन ।

पुरानो कार्यतालिका अनुसार कात्तिक १०-१२ सम्म प्रदेश अधिवेशन गरी सक्ने उल्लेख थियो । तर प्रदेश अधिवेशन सुरु हुन दुई दिन बाँकी रहेका बेला एक दर्जन बढी जिल्लामा वडा अधिवेशन नै सुरु भएको छैन भने अधिकांश जिल्लामा पालिका अधिवेशन मात्रै सम्पन्न भएको अवस्था छ । तथापि नेताहरुले छठपर्व लगत्तै महाधिवेशनको टुंगो लगाई सक्ने दावी गर्दै आएका छन् ।

मंसीरमै गर्ने देउवा-पौडेल सहमति

file photo

मंगलबार नेपाली काँग्रेसको संसदीय दलमा भएको काँग्रेस पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । महाधिवेशन मितिको विषयलाई लिएर नेताहरुबीच चर्काचर्की भएको समाचार स्रोतले बताएको छ ।

पटकपटक चुनाव सार्दै जाँदा लोकतान्त्रिक पार्टीका बद्नाम भएकाले तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने पौडेलको अडान थियो । पौडेलको अडानपछि देउवा पनि सकारात्मक भएको स्रोतको दावी छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिलबहादुर थापालगायतको नेताको सहभागिता थियो । बैठकमा वरिष्ठ नेता पौडेलले केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनको तयारी गरी कार्यतालिका समेत तोक्न सुझाउ दिएका छन् ।

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected