
पोखरा भ्यूज
काठमाडौं । नयाँ निर्देशिका लागू गर्दै यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खोलेको छ ।
गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । विभागका अनुसार कार्यालयले कोटा निर्धारण गरी दैनिक रुपमै आवेदन लिन सुरु गरेको छ ।
कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएको विभागको भनाइ छ ।
विभागले नयाँ निर्देशिकाअनुसार परीक्षा लिने तयारी गरेको छ । नयाँ आवेदन दिने आवेदकहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् ।
लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरी सोही संग्रहबाट प्रश्न सोध्ने नयाँ निर्देशिकामा उल्लेख छ ।







सम्बन्धित खवर
















