
पोखरा, १० कार्तिक
पोखरा भ्यूज । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटीको प्रथम अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत अन्नपूर्ण गाउँपालिका कमिटीको प्रथम अधिवेशनले बिबेक देबकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो। देवकोटा यस अघि गाउँ कमिटीका सचिव रहेका थिए ।

सर्बसम्मत निर्वाचित कमिटीको उपाध्यक्षमा मिना कुमारी गुरुङ, सचिबमा मदन पौडेल, उपसचिबमा बिराज सुवेदी र दान बहादुर केसी रहेका गाउँ कमिटीका निवर्तमानअध्यक्ष गौरी सुबेदीले जानकारी दिए।

यसअघि अन्नपूर्ण गाउँपालिका अन्तर्गत वडा कार्यसमितिको नेतृत्व पनि सर्वसम्मत चयन भएको थियो । जस अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं १ को अध्यक्षमा छविलाल दाहाल, २ को अध्यक्षमा नारायणप्रसाद भण्डारी, ३ को अध्यक्षमा महेश्वर पौडेल, ४ को अध्यक्षमा कृष्णबहादुर केसी, ५ को अध्यक्षमा लालबहादुर केसी रहेका छन । यसैगरी वड़ा नं ६ मा एकदेव देवकोटा, ७ मा दुर्गाबहादुर क्षेत्री, ८ मा टंकराज सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ को वडाध्यक्षमा गुञ्जमान् गुरुङ सर्वसम्मत निर्वाचित भएका ।
कमिटीमा १ महिलाको अनिवार्य प्रतिनिधित्व हुने गरी ५ पदाधिकारी, ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समावेशी क्षेत्रबाट ७५सदस्यीय कमिटी चयन गरीएको निवर्तमान अध्यक्ष सुबेदीले बताए ।








सम्बन्धित खवर
















