0Shares

एजेन्सी। सैनिक ‘कु’ पछि अपदस्त गरिएका सुडानका राष्ट्रपति अब्दलाह हामदोक राजधानी खार्तुनस्थित आफ्नो निवास फर्किएका छन् ।
सोमबार सत्तापलट गरेको सेनाले हामदोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुनस्थित आफ्नो निवासमा कडा सुरक्षासहित बसिरहेको कार्यालयले जनाएको छ ।

सेनाले सत्तापलटपछि हामदोकसहित अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरी नजरबन्दमा राखेको थियो । तर अन्तर्राष्ट्रिय समुदायले सेनाको उक्त कदमको निन्दा गरेपछि मंगलबार उनी नजरबन्द मुक्त भएका हुन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत हामदोकलाई तत्काल रिहा गर्न भन्दै ‘सत्तापलटको महामारी’विरुद्ध शक्ति राष्ट्रलाई एकजुट भएर लड्न भनेका थिए ।

नजरबन्दमा रहेका अन्य अधिकारी भने सेनाको नियन्त्रणमै छन् । उनीहरुको अवस्था अज्ञात रहेको समाचारमा बताइएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected