2Shares

पोखरा भ्यूज

पोखरा। विभिन्न कसूरमा अभियोग दावी ठहर भएका १० जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय कास्की र तनहुँँको प्रहरी टोलीले यही कार्तिक ८, ९ र १० गते गरी ती फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि कुन कुन कसुरमा मुद्दा दर्ता भई कसूदर ठहरिएका हुन् भन्नेबारे प्रहरीले केही पनि खुलाएको छैन । फरार प्रतिवादीको सूचीमा रहेका उनीहरुलाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयको बुलेटिनमा उल्लेख छ ।

पक्राउ परेकामध्ये ३ तनहुँ र ७ कास्कीका छन् । उनीहरुमाथि कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected