नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा पुनःअलमुताइरी, ३ वर्षको कार्यकाल रहने गरी सम्झौता नवीकरण
- October 27, 2021
- 1773

पोखरा भ्यूज
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग पुनः सम्झौता नवीकरण गरेका छन्।
सम्झौता नवीकरणपछि प्रशिक्षक अलमुताइरीको कार्यकाल तीन वर्ष थपिएको छ । यसअघि उनी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यहिबेला एन्फाले उनीसँग एक वर्षको सम्झौता भएको बताएको थियो।
उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए। यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन्।
साफको फाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धा नेपालले उपविजयतामा चित्त बुझाउनु परेको थियो । यद्यपि २८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल ०३ अन्तरले भारतसँग पराजित भई उपविजेतामा सीमित रहेको हो ।
फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको बताइन्छ ।अलमुताइरीलाई गतवर्ष कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न पठाएको थियो ।
एन्फाका अनुसार नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिनेछ । यद्यपि एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।







सम्बन्धित खवर
















