0Shares

पोखरा भ्यूज
काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेर २७६९.१३ विन्दुमा पुगेको छ ।साताको चौथो दिन बुधबार शेयर बजार १८.०६ अंकले बढेर बन्द भएको छ ।

बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि हुँदा कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुईतीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँ पुगेको छ ।

यो रकम मंगलबारभन्दा बढी हो । बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । बुधबार जीवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा धेरै चढेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected