
पोखरा भ्यूज
हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाख्यले वुधबार प्रदेशसभा बैठकमा मार्ग प्रशस्तका लागि राजीनमाको घोषणापछि प्रदेश प्रमुख समक्ष राजीनामा दिएकी थिइन ।
मुख्यमन्त्री शाख्यको राजीनामा स्वीकृत गरेसँग प्रदेश प्रमुख शर्माले विहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गरेकामा प्रदेश प्रमुख शर्माले उनको राजनीनमा स्वीकृत गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।







सम्बन्धित खवर















