5Shares

पोखरा भ्यूज

पोखरा । कास्की जिल्ला अदालतबाट अभियोग दावी पुग्ने गरी कसूर ठहर भएका दुई फरार प्रतिवादी पक्राउ पछि जेल चलना भएका छन् । कास्की प्रहरीका अनुसार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ५ का २१ वर्षिय सन्दिप पौडेल र बाग्लङ जिल्लाढोरपाटन न.पा.९ का ४१ वर्षिय डोर बहादुर बुढालाई पक्रा गरी कास्की जिल्ला अदालतमा पेश गरिएकामा जेल चलान गर्ने आदेश भएको हो ।

ती मध्यै पौडेल लागू औषध मुद्दामा एक वर्ष आठ महिना १२ दिन कैद र रु. एक लाख जरिवाना ठहर भएको थियो भने बुढा चोरी मुद्दामा ७ महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरी प्रवक्ता डिएसी सुवास हमाले जानकारी दिएका छन् ।

फरार रहेका दुवै प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटी गएको प्रहरी टोलीले कूसरदारद्य पौडेललाई पोखरा १७ विरौटा र बुढालाई पोखरा ५ मालेपाटनबाट प्रक्राउ गरेको थियो ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected