43Shares

पोखरा भ्यूज

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । पूर्वनिर्धारित कार्यतालिका प्रभाविता भएपछि निर्वाचन समितिको बुधबार बसेको बैठकले नयाँ मिति प्रस्ताव गरेको हो ।

समितिको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् । निर्वाचन समितिले गरेको प्रस्ताव पार्टी नेतृत्व समक्ष पेश गरिएको छ । पार्टीको निर्देशनपछि निर्वाचन समिति कार्यतालिका बनाउने तयारीमा छ ।

यद्यपि कात्तिक २७ गते वडा र कात्तिक ३० गते रोकिएका १३ जिल्लाका स्थानीय तह ( वडा तथा पालिका) को अधिवेशन, मंसिर ३ गते प्रदेशसभा, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र, मंसिर १० गते जिल्ला, मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गरी मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने गरी निर्वाचन समितिले खाका तयार पारेको समाचार स्रोतको दावी छ ।

मंगलबार काँग्रेस पदाधिकारीको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अवरुद्ध महाधिवेशनको नयाँ मिति तोक्नेबारे चर्काचर्की नै भएको थियो । बैठकपछि पार्टी सभापति देउवाले निर्वाचन समितिलाई मैसिर महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सभापति देउवाले निर्देशन दिएको २४ घण्टा पनि नबित्दै निर्वाचन समितिले नयाा मिति प्रस्ताव गरेको छ ।

43Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected