
पोखरा भ्यूज
पोखरा । पर्यटकीय नगरी पोखरामा ‘रोटरी इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखरा’ विषयक एक दिने गोष्ठी गरिने भएको छ । पोखरा नगर क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सहयोगी भूमिका खेल्न यस्तो प्रकारण गोष्ठी आयोजना गरिन लागिएको हो ।
बाबा फाउण्डेसन नेपाल र पोखरास्थित सबै रोटरी क्लबहरुको संयुक्त आयोजना लेकसाइडस्थित कुटी रिसोर्टमा कात्तिक १३ गते शनिबार सो गोष्ठी गरिन लागिएको कार्यक्रम संयोजक दिलीपराज श्रेष्ठले जानकारी दिए ।
गोष्ठीबाट ‘रोड इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखरा’ विषयक पोखरा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताए ।
गोष्ठीमा टेक्निकल सेसनअन्तर्गत रोड सेफ्टी एण्ड अर्वान कन्सर्नमा नुगल आनन्द वैद्य, रोडसाइड प्लान्टेसनमा ध्रुव आचार्य, दरबारमार्ग रोड डेमो प्रोजेक्टमा गोपाल कक्षपती र साइकल फ्रेण्डी सिटीमा सोम रानाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा रोड सेफ्टी काउन्सिल प्रोस्पेटिभमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सरोजकुमार प्रधान, सिएसआर प्रोस्पेक्टिभमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, टुरिजम एण्ड इकोनोमिक प्रोस्पेक्टिभमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, ट्राफिक म्यानेजमेन्ट प्रोस्पेक्टिभमा एसपी प्रभु ढकाल, डिपार्टमेन्ट अफ रोड प्रोस्पेक्टिभमा देवकुमार तामाङ, पोखरा म्युनिसिपालिटी प्रोस्पेक्टिभमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सिटी प्लानिङ प्रोस्पेक्टिभमा नीति तथा प्लानिङ योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्यानलिष्टको भूमिका निर्वाह गर्ने डिष्ट्रिक्ट पब्लिक इमेज कमिटि चियर रविप्रसाद बरालले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न दिलीपराज श्रेष्ठको संयोजकत्वमा २० सदस्यीय समिति बनाइएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गर्ने छन् ।








सम्बन्धित खवर
















