20Shares

पोखरा भ्यूज

लुम्बिनी । रुपन्देहीमा सीता सार्कीले एकैपटक ४ शिशुको जन्म दिएकी छन् । पाल्पाको माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीकी २४ वर्षिया सार्कीले भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा चम्ल्याहा शिशु जन्माएकी हुन् । जन्मिएका ४ जना नै छारी हुन् ।

कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो २ बजे अस्पतालको प्रसूति कक्षमा शल्यक्रिया गरिएको थियो । जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ अस्पतालले जनाएको छ ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले सार्कीको शल्यक्रिया गरेको थियो । अस्पतालले दिएको जानकारी अनुसार पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ ।

हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको अस्पताले प्रशासनले जानकारी दिएको छ ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected