
पोखरा भ्यूज
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको ८४ वर्षको उमेरमा विहीबार बिहान निधन भएको छ । उनी चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत थिए । लम्साल सरकारी वकिल, न्यायाधीश र न्यायपरिषद् सदस्यका रुपमा ४४ वर्ष सेवा गरेका थिए ।
लम्साल २०५८ सालमा गठित सम्पत्ति न्यायिक जाँचबुझ आयोगको अध्यक्ष हुँदा सार्वजनिक पदमा रहेका ३० हजार ५ सय ९९ जनाको सम्पत्ति छानबिन गरी ६ सय २ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सिफारिस गरेका थिए ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५८ फागुन २४ मा लम्सालको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । सो आयोगले २०५९ चैत ४ मा प्रतिवेदनको ठेली र चार दराज शंकास्पद सम्पत्ति विवरणसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
त्यही प्रतिवेदनका आधारमा केही राजनीतिकर्मी र प्रहरी–प्रशासनका पात्रलाई अख्तियारले थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाइएको थियो । यद्यपि न्यायाधीश र सेनाका हकमा कुनै ठोस कारबाही भएन ।







सम्बन्धित खवर
















