काँग्रेसको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, केन्द्रीय महाधिवेशनको मिति मंसिर २४
- October 28, 2021
- 954

पोखरा भ्यूज
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गतेसम्म तोकिएको छ ।
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएकोमा बिहीबार उक्त प्रस्तावमाथि छलफल हुँदा संशोधन गरी तीन दिनअघि कार्यतालिका सारिएको हो । निर्वाचन समितिले जिल्लाहरुलाई विभिन्न समूहमा वर्गीकरण गरी अधिवेशनको छुट्टाछुट्टै मिति तोकेको छ ।
सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा गाउँ र नगरको वडा अधिवेशन कात्तिक २७ गते हुनेछन् ।
त्यसपछि गाउँनगर अधिवेशन कात्तिक ३० मा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते हुनेछ ।
एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन भने मंसिर १० गते हुनेछ । त्यस्तै सातै प्रदेश समितिको अधिवेशन मंसिर १६ र १७ गते हुने कार्यतालिका छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका यसप्रकार रहेको छः







सम्बन्धित खवर















