2Shares

जनकपुरधाम । महोत्तरीमा नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको अभियोगमा ४४ वर्षिय सुकन महतो पक्राउ परेका छन् । उनलाई नक्कली नोट छाप्दै गरेको अवस्थामा प्रहरीले प्रक्राउ गरेको हो ।

गौशाला नगरपालिका वडा नं. ९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा नं. ५ मा पर्ने गौशाला बजारस्थित महावीर दासको घरबाट पक्राउ परेका हुन् । उनी नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोटसहित समातिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले बताए ।

प्रहरीका अनुसार तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद भएको छ ।

त्यस्तै अभियुक्तको साथबाट विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७० रुपियाँ र केही भारु समेत बरामद भएको प्रहरीको भनाइ छ ।

 

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected