
पोखरा भ्यूज
पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटीअध्यक्षमा युवा नेता दिलीप न्यौपाने सर्वसम्मत भएका छन् । न्यौपानेसहित पाँच नेताले अध्यक्षमा दावी परेपछि नेताहरुबीच पटकपटक भएको छलफलबाट न्यौपाने सर्वसम्मत भएका हुन् । उनी यसअघि सचिव थिए ।
अध्यक्षका लागि निर्वतमान अध्यक्ष दीपक पौडेल, पूर्वअध्यक्ष तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीसमेत गरी ५ जनाको उमेद्वारी परेको थियो । कमिटीको उपाध्यक्षमा मोहन प्रसाद गुरूङ, सचिवमा जीवनप्रसाद आचार्य चुनिएका छन् । आचार्य पोखरा १६ का वडाध्यक्ष समेत हुन् । त्यस्तै उपसचिवमा रामचन्द्र थापा र सीता वि.क.चुनिएका छन् ।
त्यस्तै भुगोल तर्फ ४६ जनाको उमेद्वारी परेकोमा वडा नम्वर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, वडा नम्वर २ बाट शशिधर पराजुली, वडा नम्वर ४ बाट इन्द्रकुमारी अधिकारी, वडा नम्वर ६ बाट विष्णुबहादुर भटराई, वडा नम्वर ७ बाट पुरुषेत्तम रेग्मी, वडा नम्वर ८ बाट ईश्वरप्रासद सुवेदी, वडा नम्वर ९ बाट प्रकाश शर्मा, वडा नम्वर १० बाट नारायणप्रसाद बाँस्तोला, वडा नम्वर १२ बाट बीरबहादुर थापा, वडा नम्वर १३ कृष्णकुमारी गुरुङ, वडा नम्वर १५ तोरणबहादुर बानियाँ, वडा नम्वर १६ बाट जगन्नाथ तिमिल्सिना, वडा नम्वर १७ बाट चिरञ्जिवी पोखरेल, वडा नम्वर १९ बाट नवीन भण्डारी, वडा नम्वर २० बाट मोहनबहादुर केसी, वडा नम्वर २२ बाट खेमराज बराल, वडा नम्वर २३ बाट चेतबहादुर क्षेत्री, वडा नम्वर २५ बाट बेदनाथ पौडेल, वडा नम्वर २७ बाट गणेशराज धमला, वडा नम्वर २८ बाट दिनेशबाबु खडका, वडा नम्वर २९ बाट प्रमोदकुमार पौडेल, वडा नम्वर ३० बाट प्रेमराज बसौला, वडा नम्वर ३२ बाट विष्णुप्रसाद तिवारी र वडा वडा नम्वर ३३ बाट चन्द्रप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् । एमालेको विधानमा प्रत्येक वडाबाट १ जना सदस्य रहने व्यवस्था गरिएको छ ।








सम्बन्धित खवर
















