0Shares

पोखरा । कास्की प्रहरीले लागू औषधसहित २७ वर्षिय देवेन्द्र वि.क.लाई विहीबार पोखरास्थित चोरसाँघुबाट पक्राउ गरेको छ । स्याङ्जा विरुवा गाउँपालिका वडा नं. ७, मनकाना स्थायी घर भएको वि.क. पोखरा बसेर लागू औषधको कारोवार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको साथबाट लागू औषध बुप्रिनर्फिन-४० एम्पुल, डाईजापाम-४० एम्पुल र फेनरागन-४० एम्पुल गरी जम्मा १२० एम्पुलला र एक थान मोवाइल समेत बराबद भएको प्रहरीले बताएको छ ।

कास्की जिल्लामा लागू औषधको कारोबार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमामिति जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले अभियुक्त वि.क.लाई पक्राउ गरेको थियो ।

वि.क. माथि अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected