
20Shares
पोखरा भ्यूज
काठमाडौं । न्यायलयको विवाद प्रकरणले कानून व्यवसायीबीचमा समेत कुटाकुट भएको खबर छ । नेपाल बार एशोसियशनको परिसरमा शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनीनामा माग गर्दै नेपाल बार एशोसिएसनले इजलाश बहिष्कार गर्ने निर्णय गरेको विषयमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको हो ।
कानून व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

20Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















