0Shares

काठमाडौं । आगामी शैक्षिक सत्र २०७९/८० देखि कक्षा ४, ५ र ९ को पाठ्यक्रम परिर्वतन हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने गरी ती कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण अध्यापन भइरहेको छ ।

बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले जापानी, कोरियन, चिनियाँ लगायतका विदेशी भाषाको पाठ्यक्रम पनि स्वीकृत गरेको केन्द्रले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected