109Shares

पोखरा, १३ कार्तिक

पोखरा भ्यूज । दक्ष कामदारको अभावमा बाहिरी मुलुकबाट कामदार झिकाउनु पर्ने बाध्यता रहेको सरोकारवालाहरुले जोड दिएका छन् देशमा दक्षजनशक्तिको अभाव कामको विषयमा पनि सानोठूलो भन्ने प्रवृत्तिले बाहिरी मूलुकबाट कामदार झिकाई उद्योग ब्यवशाय संचालन गर्नुपर्ने अन्य योजनाका काम सम्पन्न गर्नु पर्ने बाध्यता रहेको भन्दै नेपालमै दक्ष युवा समेत कामको लागि अन्यत्र जानु परेकाले राज्यले देशभित्रै काम गर्ने वातावरण सृजना गर्न सहभागीहरुले माग गरेका हुन्

प्राविधिक शिक्षा तथा ब्यबशायीक तालिम परिषदले गोर्खाको पालुङटारमा रहेको गोर्खा बहुप्राबिधिक क्षियालयमा विहिबार आयोजनागरेकोस्थानीय तहमा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता र ब्यवस्थापनविषयको अन्तरकृया कार्यक्रममा सहभागीहरुलेतालिम तालिमका लागि मत्रै नभै तालिम दिन पूर्व सर्भेक्षण गरी मागको आधारमा तालिमको ब्यवस्था गरी रोजगारी बन्नका लागि प्रेरितगर्दै केहि बीउ पुँजी लगानी गरी नियमित सम्पर्क र अनुगमनमा समेत जोड दिनु पर्ने धारणा राखेका छन् ।

साथै उहाँहरुले उत्पादनमाआधारित अनुदानलाई प्राथमिकता दिनु पर्ने, ब्यवशायीक शिक्षामा जोड दिनु पर्ने, सिकेको सीपलाई ब्यवहारमा लागु गर्नु पर्ने, सरकारलेप्राविधिक शिक्षालयहरुलाई प्राथमिकतामा राखी विद्यार्थीहरुले ब्यवशायीक सीपमा दक्षता हासिल गर्न पाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिईएको तालिमलाई उत्पादन सँग जोड्नु पर्ने, तालिमलाई संघ,प्रदेश स्थानीय तह सँग सान्वय गरी कार्यक्रम गर्नु पर्ने, कृषि क्षेत्रका लागि कृषि एम्बुलेन्सको ब्यवस्था गर्न स्थानीय सरकारले चासो दिनु पर्ने, पाठ्यक्रममा पुनरावलोकन गरिनु पर्ने, एक गाउँएक उत्पादनमा जोड दिनु पर्ने, स्थानीय स्तरमा ब्यवशायीक सीप लिएकालाई स्थानीय स्तर मै राजगारीको वातावरण बनाउनु पर्ने, पर्यटन कृषिमा जोड दिँदै जडिबुटि खेतीलाई प्रबद्र्धन गर्नु पर्ने, हासिल गरेको सीपलाई फेल पास सँग जोड्न नहुने आवश्यकताकोपहिचान गरी गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्

स्थानीय तहले ब्यवशायीक शिक्षामा जोड दिंदै रोजगारी सृजना गर्नु पर्नेमा नेपालमै रोजगारी मूलक सीप प्रदान गरी देश भित्रै राजगारीकालागि स्थानीय सरकारले कार्ययोजना निर्माण गर्नु पर्नेमा जोड दिएका छन । 

कार्यक्रमका प्रमुख अतिथि पालुङटार नगरपालिकाका प्रमुख .दिपकबाबु कँडेलले सिँहदरबारको अधिकार गाउँगाउँमा आएको भनिएपनि सिँह गाउँ आई पुगेको तर दरबार भने केन्द्र मै रहेको भन्दै ब्यङ्ग्य गर्नु भयो उहाँले संघ , प्रदेश स्थानीय तहको तालमेल हुननसकेको पनि उल्लेख गर्नु भयो देशको अर्थतन्त्रको हिसाबले संघीयता धान्नै नसक्ने अवस्थामा आईपुगेको भन्दै ब्यवशायीक सीपसिकेकालाई देश भित्रै काम गर्ने वातावरण बनाउन विशेष गरी संघीय सरकार लाग्नु पर्ने दक्ष जनशक्ति बाहिरिने गरेकाले अन्यमुलुकबाट जनशक्ति मगाउनु पर्ने कारणले सुनको थाल लिएर रुपैंया भिक माग्नु पर्ने अवस्था आएको बताउनु भयो शहीद लखनगाउँपालिकाकी उपाध्यक्ष ईन्दिरा तिवारीले दक्ष जनशक्तिलाई स्थानीय तहले अवशर प्रदान गरी स्थानीय दक्ष जनशक्ति स्थानीय स्तर मैपरिचालन गर्न सकेमा अन्य ब्यक्तिले समेत सिको गर्ने भएकाले ब्यवशायीक शिक्षामा सबैको ध्यान केन्द्रित हुने बताउनु भयो

कार्यक्रममा सिटिइभिटिका गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले हरेक कामका लागि संघ, प्रदेश स्थानीय सरकारकोसमन्वय सहकार्य जरुरी रहेको बताउनु भएको आवश्यकताको पहिचान गरी सीप प्रदान गरी ब्यवहारमा उतार्न प्रेरित गर्नु पर्नेमाजोड दिनुभयो उहाँले नेपालमा विद्यार्थी भर्ना ९७ प्रतिशत रहेको भएपनि कक्षा १२ सम्मको पढाई सम्म आईपुग्दा २८. प्रतिशत मात्रैरहने भएकाले बाँकी ७१. प्रतिशत विद्यार्थी बीच मै हराई रहेकाले उहाँहरुको खोजी गरी ब्यबशायीक शिक्षा प्रदान गरी रोजगारी बनाउनुपर्ने दायीत्व संघ, प्रदेश स्थानीय सरकारको रहेकाले सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो सिटिइभिटिका प्रशासन प्रमुखदिवेशचन्द्र देवकोटाले परम्परागत सिकाईलाई समेत ब्यवशायीक तर्फ बदल्नु पर्ने आवश्यकता औंल्याउनु भयो उहाँले हरेक नागरिकलेआफ्नो काम कर्तब्य केहो त्यो आँफुले पूरा गरे नगरेको स्वःमूल्याङ्कन गर्ने बेला आएको भन्दै राज्यको तर्पmबाट गर्नु पर्ने सहयोग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो

गोर्खा बहु प्राविधिक शिक्षालयका प्रमुख प्रदीपराज बसौलाले स्वागत सिटिइभिटिका कपिल पाण्डेले सहजीकरण गर्नु भएकोकार्यक्रममा गोर्खा लमजुङ जिल्लाका स्थानीय जनप्रतिनिधी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुखहरु, शिक्षालयका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधीहरु, युवा ब्यवशायीहरु, सिटिइभिटिका कर्मचारीहरु लगाएतको सहभागितारहेको थियो

109Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected