1.2K+Shares

हरि भट्टराई
पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का शनिबार बिहानदेखि आफ्नै वडा पोखरा १६ अर्मलाबासीका घरदैलोमा निस्के । मन्त्री आउने कुनै सुइँको नपाएका स्थानीयले टोलटोलमा मन्त्री देखेपछि हतारहतार फूलमाला र खादाले मन्त्री खड्काको स्वागत गर्न भ्याए ।

खड्का गण्डकी प्रदेश सकारमा मन्त्री बनेपछि पहिलो पटक अर्मलावासीका घरदैलोमा पुगेका हुन् । टोलटोलमा भेला भएका स्थानीयसँग मन्त्री खड्काले साक्षात्कार गरे । यद्यपि उनले कुनै औपचारिक भाषण गरेनन् । जनतासँग प्रत्यक्ष भलाकुसारी गर्दै स्थानीय समस्या, अपेक्षित विकास निर्माण र पूर्वाधारबारे चासो राखे ।

मन्त्री खड्काको घरदैलोमा नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिना, जिल्ला सदस्य मञ्जु बस्नेत र एक क्षेत्रीय प्रतिनिधिसमेत सहभागी थिए ।

मन्त्री खड्काले शनिबार अर्मलाका मनकामना टोल, छापागाउँ, टाँडाविसौनी, ¥यालेपात्ले र अर्मलाकोटका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी नागरिकका समस्या र अपेक्षित पूर्वाधार विकासबारे धारणा बुझे । टोलटोलका नागरिकसँग भलाकुसारी गर्दै हिंडेका मन्त्री खड्काले अर्मलाकोटका नागरिकसँग भने लामै कुराकानी गरे ।

मन्त्री खड्कालाई आफ्नै घरआँगनमा पाएका कोटगाउँबासीले पनि मन खोलेर मन्त्रीसँग निर्धक्क आफ्ना कुरा राखे । कालो चिया र भुटेको मैकले मन्त्रीको स्वागत गरेका कोटगाउँवासीले गाउँको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन गर्न सहयोगको अपेक्षा राखे । त्यति मात्र होइन, भर्खर पोखरा महानगरपालिकाले ल्याण्डफिड सार्न पस्मराङमा जग्गा छनौट गरेको र त्यसले गाउँको होमस्टे प्रवद्र्धनदेखि वातावरण प्रदुषणमा समेत नकारात्मक असर पार्ने भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराए ।

कालो चिया र भुटेको मकै खाँदै नागरिकसँग साक्षात्कार गरेका मन्त्री खड्काले उनीहरूसँग आफ्नो स्वास्थ्य अवस्था पनि बताउन भ्याए । ‘पित्तथैलीको शल्यक्रिया गरेको छु,’ मन्त्री खड्काले कोटबासीसँग भने– ‘तपाइँहरूले दिएको मकै मीठो मानेर खाएँ, भरेभोलि नै बिरामी पर्नसक्छु । चिल्लो कत्ति खानै हुँदैन ।’

नागरिकसँग प्रत्यक्ष कुराकानीका क्रममा मन्त्री खड्काले सिद्धमन्दिरको पूर्वाधारबारे पनि चासो राखे । उनी यसअघि संंघीय सासंद र मन्त्री हुँदाका वखत सासंद विकास कोषबाट सिद्धमन्दिरको जीर्णेद्धार समेतका कार्यक्रममा सहयोग गरेका थिए । ‘सिद्ध मन्दिरलाई मातातीर्थस्थलका रूपमा विकास गर्ने मेरो चाहना छ,’ मन्त्री खड्काले कोटबासीसँग भने–‘तपाइँहरू योजनाको खाका लिएर मन्त्रालयसम्म आउनुस्, म सहयोग गर्छु ।’

उनले कोटगाउँदेखि साब्जे, साइनडाँडा, घलेखर्क हुँदै भुर्जुङखोला जोड्नका लागि डिपीआरमा परेको जानकारी दिए । ‘च्ह्गो डाँडालाई पर्यटन केन्द्रका रुपमा विकास गर्न र गाउँको पर्यटन प्रवद्र्धनमा पनि सक्दो सहयोग हुन्छ,’ मन्त्री खड्काले भने ।

विकासका दृष्टिले ओझेलमा परेको अर्मलावासीका गुनासो सुन्न मन्त्री खड्कालाई घरदैलो गराएको नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाले बताए । ‘गाउँमा के के विकास आवश्यक छ भनेर मन्त्रीज्यू हाम्रो घरआँगनमा आउनुभयो,’ मन्त्री खड्कालाई स्वागत गर्दै स्थानीय मनकाजी गुरुङले भने–‘मन्त्रीज्यू तपाइँलाई धेरैधेरै धन्यवाद ।’

चुनावका बेला भोट माग्न मात्र गाउँ टोलमा पुग्ने परम्परालाई तोड्दै मन्त्री खड्काले यसरी प्रत्यक्ष नागरिकसँग भेटेर जनताका पीरमर्कासँग साक्षात्कार गर्दा स्थानीयहरू नै दङ्ग परेका छन् ।

‘एउटा मन्त्री जस्तो व्यक्तित्व अप्रत्याशित रूपमा नागरिकसँग भेटघाट गर्न आउनु असामान्य घटना हो,’ चाडवर्प मनाउन केही समयअघि बेलायतबाट नेपाल आएका स्थानीय विक्रम भट्टराले भने । उनले अप्रत्याशित नागरिकसँग अनौपचारिक भलाकुसार गर्न आउने मन्त्री खड्काको प्रशंसा गर्दै भने–‘वहाँको फरक शैली मलाई मन प¥यो ।’ भट्टराई यत्तिमै रोकिएनन् । उनले भर्खर वामपन्थी पार्टी टुक्रिएको प्रति आक्रोश व्यक्त गर्दै भने– ‘वामपन्थीहरूले धोका दिए । म स्वतन्त्र हैसियतमा छु, अब कुनै राम्रो राजनीतिक शक्ति निस्केर आए उनीहरूकै भजन गाइन्छ ।’

मन्त्री खड्काले शनिबार अर्मलाका मनकामना टोल, छापागाउँ, टाँडाविसौनी, ¥यालेपात्ले र अर्मलाकोटमा घरदैलो गर्दै गर्दाका केही प्रतिनिधिमूलक तस्वीरहरू:

 

1.2K+Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected