0Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले प्रसव अवस्थापूर्व नै पेटभित्र रहेको बच्चाको स्वास्थ्य अवस्था परीक्षण गर्ने प्रविधि शुरु गरेको छ ।

प्रि-नेटल स्क्रिनिङ टेस्ट नाम दिइएको यो परीक्षण नेपालमै पहिलोपटक हो । यसबाट जन्मजात देखिने कतिपय रोगको उपचारका लागि घरखेत बेच्दा पनि बच्चालाई बचाउन नसकेका घटनाहरु निराकरण हुने अस्पतालको दावी छ ।

अबदेखि नेपालमा पनि आमाको पेटमा रहेको शिशुमा अनुवांशिक समस्या रहे नरहेको पत्ता लगाउ सनिे अस्पतालकी निर्देशक डा. संगीता मिश्राले बताइन् ।

एक तथ्यांक अनुसार हरेक वर्ष अनुमानित ७९ लाख नवजातहरू कुनै न कुनै स्वास्थ्य समस्या लिएर जन्मिने गरेको अध्ययनले देखाएको छ । यीमध्ये करिब ३० लाख शिशुको मृत्यु हुने र ३२ लाखले दीर्घकालसम्म अपाङ्गताको समस्या भोग्ने गरेको अध्ययनको निष्कर्ष छ ।

करिब १० महिनाअघि बच्चामा जन्मजात निम्तिने दोष र यसको परिणामको बारेमा गरिएको अध्ययनले नेपालमा प्रति एक हजारमध्ये औसत ५.८ जनामा जन्मजात कुनै न कुनै शारीरिक समस्या देखिने गरेको बीएमसी जर्नलमा प्रकाशित सो अध्ययनमा उल्लेख छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected