0Shares

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले एमालको १० औं महाधिवेशनमा सहभागी हुने निम्तो नपाउने निर्णय गरेको खुलासा भएको छ ।

एमाले प्रचार विभागले वुधबार काठमाडौंमा गरेका पत्रकार सम्मेलनमामा पत्रकारसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो खुलासा गरेका हुन् । उनले चितवनको भरतपुरमा हुन लागेको १०औ महाधिवेशनमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने निर्णय भएको बताए । नेकपा (एकीकृत समाजवादी) भदौ ९ गते एमालेबाट औपचारिक रुपमा विभाजन भएको थियो ।

यद्यपि पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई भने एमालेले बोलाउने निर्णय गरेको उनले जानकारीम दिए । राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई एमालेले नबोलाउने निर्णय गरेको उनको भनाई छ ।
एमालेले पार्टीको १०औं महाधिवेशनमा विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected