
0Shares
काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन बुधबार नेप्से सूचक सामान्य अंकले बढेर २८४८.८४ विन्दुमा चढेको छ। यस दिन नेप्से सूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको हो । यद्यपि सेन्सेटिभ सूचक भने ०.५२ अंकले घटेको छ।
यस दिन साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। बुधबार २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँमा खरिद बिक्री भएको छ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक छन् भने ५ उपसमूहको सूचक नकारात्मक छन्। यस दिन होटल उपसमूहको सूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले घटेको छ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















