0Shares

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग गरेको छ । उनलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा जानकारी लिएका थिए ।

त्यसपछि नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले लिखित स्पष्टिकरण माग गरेका हुन् । लण्डनबाट काठमाडौं आउने क्रममा शनिबार भन्सार विभागका कर्मचारीसँगको लफडामा मुछिएपछि सीईओ रेग्मीसँग पर्यटन मन्त्री आलेले यस विषयमा के भएको हो भनी जानकारी लिएका थिए । यो यात्रामा मन्त्री आलेसमेत सँगै थिए ।

सीईओ रेग्मीले शनिबार घटना भएको अनलाइनखबरसँगको कुराकानीमा स्वीकार गरेका थिए । यद्यपि आफूले कर्मचारीलाई हात उठाएको विषय भने सत्य नभएको उनको दावी छ । मन्त्रालयले दुर्व्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग घटनाबारे सोधपुछ गरेको खबर छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected