0Shares

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।उनले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ भने विपक्षमा ४३ मत खसेको छ । विश्वासको मत पाउन ५५ सासंदको समर्थन आवश्यक थियो । वागमती प्रदेशसभामा १०९ जना सदस्य रहेकामा १०४ जनाले मतदान गरेका थिए ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

नेकपा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले विपक्षमा मत दिएका छन् । नेकपा एमालेका ३ सांसद मतदानमा अनुपस्थित रहे । मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएन भने दुई सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बसेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected