
काठामाडौं । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन विहीबार पनि ओरालो लागेको छ । यो साता नेप्से परिसूचक १५८.५६ अंक तल झरेको छ ।
साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक ५९.५७ अंक घटेर २६९०.२९ विन्दुमा रोकिएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स १०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६७ अंक झरेको छ।
यस दिन नेप्सेमा २२५ कम्पनीको ७३ हजार ३२८ रुपैयाँ बराबरको ५ अर्ब ११ करोड ९६ लाख २ हजार रुपैयाँ बराबरको ९४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से ओरालो लागेपनि यस दिन मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन साहस उर्जा कम्पनीको शेयरमूल्य ७.६४ प्रतिशत बढेको छ।
त्यसैगरी, यस दिन आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।







सम्बन्धित खवर
















