2Shares

काठमाडौं । अबदेखि कुनै पनि कम्पनीको आइपिओ बाँडफाँट भए लगत्तै नतिजा हेर्न पाइने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएसी) ले आधा घण्टाभित्र नतिजा हेर्न मिल्ने व्यवस्था गरेको छ । यसअघि घटौंसम्म पनि नतिजा हेर्न सकिन्नथ्यो ।

सिडिएससिले सिस्टम स्तरोन्नति गरेकाले आइपिओ बाँडफाँट भए लगत्तै नजिता हेर्न मिल्ने भएको हो । यसअघि मध्ये भोटेकोशीको शेयर बाँडफाँट गरिदाँ सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण सफल भएको थियो ।

परीक्षणमा अहिलेको ट्राफिकलाई समेत ध्यान दिइएको थियो। पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमता तोकिएको छ। जसले गर्दा एकै पटक धेरै मानिसले एकै पटक नतिजा हेरे पनि ट्राफिक सिडिएसीले दावी गरेको छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected