22Shares

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने बताएको छ ।

बारले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजनीनामा माग गर्दै बिहीबारको सर्वोच्च परिसररमा प्रदर्शन गरेको थियो । सो प्रदर्शनमाथि प्रहरी हस्तक्षेप हुँदा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल समेतका ६ जना अधिवक्ता घाइते भएका छन् ।

प्रहरीले आफूहरूको शान्तिपूर्ण प्रदर्शनमाथि एक्कासि हस्तक्षेप गर्दै माइक खोसेको बारले जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरी विरोध जनाउने कार्यक्रम तय भएको महासचिव पौडेलले जानकारी दिए ।

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected