25Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २७९ जना निको भएका छन् ।

९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ भने ७ लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् । जसमध्ये ७ हजार १० जना होम आइसोलेसनमा रहेका छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected