0Shares

पोखरा । पोखराको लेकसाइडस्थित तालबाराही माविका भूपू विद्यार्थीहरुको एक समुह झण्डै ४ दशकपछि भेट्दा भावुक बनेका छन् । २०४० सालको एसएलसी व्याचका विद्यार्थीहरु बिहीबार पोखराको लेकसाइडस्थित बुमर्याङ्ग रेष्टुरेण्टमा भेटघाट गरेका हुन् ।

पहिलो ब्याचका विद्यार्थीहरुविच भेटका क्रममासाथीहरु एकले अर्कालाई चिन्न समेत हम्मे हम्मे प¥यो । कोहि मोटाएका, कसैको कपाल फुलेका कसैका दाह्री ।

दिमागमा साथीको पु्रानै चित्र लिएर भेटघाटमा उपस्थित हुँदा सबैजना आपसमा दंग परे । पुरानै समयमा फर्किन पाउँदा सबैको मुहारमा अनौंठो खाले हाँसो फुरेको थियो । विस्तारै वर्तमानमा फर्किएपछि फेरी एकपटक नाम ठेगाना र पेशा सहितको परिचय कार्यक्रम गरियो ।

लामो समयपछि बेलायतबाट नेपाल फर्र्किएकी लक्ष्मी थापाले रेवान पोखराका पूर्वाध्यक्ष समेत रहेका बलराम पहारीसंगको समन्वयमा साथीभाईहरुको भेटघाटको चाँजोपाँजो मिलाएकी हुन् ।

३२ जना साथीहरु एकै ठाउँमा भेटेपछि उनीहरुले लामो कालखण्डका धेरै कुराहरु आपसमा साटे । आतिथ्यताको व्यवस्थापन मिलाइदिएकोमा उनीहरुले सहपाठी बुमर्याङ्ग रेष्टुरेण्टका संचालक गणेशबहादुर भट्टराईलाई धन्यवाद ज्ञापन गरे ।

साथै उनीहरुले पुराना साथीहरु आगामी दिनमा संगठित भएर अघि बढ्ने प्रतिवद्धता गरे । भोलिका दिनमा आइपर्न सक्ने समस्यासंग जुध्न कोष खडा गर्ने निर्णय समेत भेलाले ग¥यो । (एजेन्सी)

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected