0Shares

पाल्पा । ढाका कपडाको राजधानीका रूपमा जिल्लालाई विकास गर्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । पाल्पाली ढाका सङ्घले ढाकाको राजधानीका रूपमा विकास गर्न लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल जुटेको हो । तानद्वारा उत्पादित ढाका कपडा ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएको हो ।

कार्यक्रममा ढाका कपडाको गुणस्तर कायम गर्न मापदण्डअनुसार उत्पादन गर्नुपर्ने सरोकारवाला निकायको धारणा थियो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न सकिने बताए । “ ढाका कपडा मागअनुसार आपूर्ति हुन सकिरहेको छैन , यसतर्फ सङ्घको ध्यान जानुपर्छ ।” उनले भने ।

प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए । महिला आर्थिक, सामाजिकरूपमा सक्षम भएमा सुखी परिवार निर्माण हुने भएकाले महिलाहरूलाई उद्यमशील बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पूमर्ती ढेगाले पाल्पाली ढाकाको विकासका लागि आफूले पहल गर्ने जानकारी दिँदै यसले जिल्लामा रोजगारीसमेत सिर्जना गरेकाले यस्ता उद्योग अझ फस्टाउन आवश्यकता औंल्याए ।

पाल्पामा वि.स. २०१५ देखि ढाका कपडाको उत्पादनस्थलको पहिचान बनेको हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected