0Shares

म्याग्दी । सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो ।

आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र शेयरधनी अभिषेक केसीले क्लबका अध्यक्ष टङ्क पुनलाई सो रकम हस्तान्तरण गरेका छन् । वडाध्यक्ष चन्द्रप्रसाद फगामीसहित जनप्रतिनिधि, क्लबका प्रतिनिधि र पदाधिकारीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । प्राप्त रकमले बेँसीगाउँमा रहेको क्लबको भवनमा तला थप गरिने अध्यक्ष पुनले जानकारी दिए ।

नौ दशमलव १४ मेगावाट क्षमताको उक्त आयोजना प्रभावित क्षेत्रमा सामाजिक कार्यअन्तर्गत सहयोग गरिएको प्रबन्ध निर्देशक कँडेलले बताए ।

तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भएको यो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा प्रस्ताव गरिएको छ । घलेम्दी खोला जलविद्युत् आयोजनाको बाँधभन्दा २०० मिटरमाथि विद्युत्गृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर तथा पेनस्टक पाइप एक किमीको हुनेछ । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जीनियरको अगुवाइमा आयोजना निर्माण हुन लागेको हो ।

कम्पनीका अध्यक्ष अनन्तराज घिमिरेले कम लागत र छोटो समयमा आयोजना निर्माण सम्पन्न गर्ने जानकारी दिए दश प्रतिशत साधारण शेयर, १० प्रतिशत प्रभावित शेयर तथा १० प्रतिशत संस्थापक शेयर रहने उक्त आयोजना रन अफ द रिभर प्रकृतिको हो ।

आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सबस्टेशनमा पु¥याएर कालीगण्डकी करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । नारच्याङमा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना सञ्चालन भइसकेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected