प्रदेशसभा अधिवेशनः कास्कीमा दुई समूहका प्रतिस्पर्धीबीच भिडन्त

पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार हुने प्रदेशसभा अधिवेशनमा कास्की काँग्रेसमा दुइ समूहबीच प्रतिस्पर्धा हुने भएको छ । ३ निर्वाचन क्षेत्र रहेको कास्कीका ६ वटा प्रदेशसभामा फरक फरक समूहका दुई गुटबीच प्रतिस्पर्धा हुन लागेको हो ।
कास्की १ मा जिल्ला सभापति कृष्ण के.सी र पूर्वमन्त्री यज्ञबहादुर थापासमूहले आआफ्ना समूहको प्यानल नै प्रतिस्पर्धामा उतारेको छ । केही प्रत्यासीहरु साझा उमेद्वारका रुपमा प्रस्तुत भएका छन् ।
त्यस्तै कास्की २ मा शुक्रराज समूह र देवराज चालिसे समूहबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रराज समूहमा नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेशका मन्त्री कुमार खड्का समेतको गठबन्धन बनेको छ ।
कास्की २ मा देउवा समूहका मनोज गुरुङ र शुक्रराज समूहबीच प्रतिस्पर्धा हुँदैछ । कास्की ३ मा पूर्वमन्त्री महादेव गुरुङ शुक्रराज समूहमा छन् । यद्यपि कास्की २ मा शुक्रराज विरोधी समूहमा महादेव गुरुङ, यज्ञबहादुर थापाको साथ देखिन्छ ।
यद्यपि कास्की ३ मा महाधिवेशन प्रतिनिधिमा शुत्रराज समूहमा छिरेका महादेव गुरुङ कास्की २ को हकमा शुक्रराज विरोधी समूहमा प्रवेश हुनु राजनीतिक रहस्यको विषय बनेको छ ।
कास्की १ का उमेद्वार
कास्की १ क मा सभापतिमा दुर्गा प्रसाद सुवेदी र मुराहरी कोइरालाले उम्मेदवारी दिएका छन् । उपसभापतिमा दिपक कुमार आले, निर्मला ढुंगाना, लक्ष्मी देवी पौडेल र सुदेव गुरुङले उम्मेदवारी दिएका छन् । सचिव तर्फ केशवराज भट्टराई, धु्रवराज अधिकारी र शिवराज अधिकारीको उम्मेदवारी रहेको छ ।
सहसचिवमा इश्वरराज भण्डारी, विष्णु गुरुङ, शान्ति मगराती र सुवास भण्डारीको उम्मेदवारी रहेको छ । प्रदेश अधिवेशन प्रतिनिधि तर्फ़ प्रत्यक्ष महिला तर्फ अप्सरा श्रेष्ठ, अम्बीका गौतम, विमला कुमारी थापा बस्नेत र रमाकुमारी पौडेलको उम्मेदवारी रहेको छ । खुल्ला तर्फ आनन्द सुवेदी, ओमराज बस्नेत, गोपाल थापा, दिनेशराज पौडेल, धु्रवनाथ अधिकारी, प्रेम प्रसाद बराल, विश्वराज लामिछाने, भरतराज तिवारी, मित्रलाल सापकोटा, मुरारी शर्मा, रविन केसी, रविन्द्र मोहन अधिकारी, रविरमण तिवारी, सुरेन्द्रराज अधिकारी र इ।सूर्यबहादुर पाण्डेको उम्मेदवारी रहेको छ ।
समानुपातिक खस आर्य महिला तर्फ भुला केसी र रिता गौतमको उम्मेदवारी रहेको छ । यस्तै खुल्ला तर्फ कल्याण बाबुभण्डारी, कविराज खनाल, कृष्ण केसी,दयासागर सुवेदी, प्रताप बानिया र विष्णुप्रसाद अधिकारीको उम्मेदवारी रहेको छ । तरुण मणी सुवेदीले भने उम्मेदवारी फिर्ता लिएका छन् । आदिवासी जनजाती महिला तर्फ ज्योती थापा मगर र लक्ष्मी गुरुङको उम्मेदवारी रहेको छ । खुल्ला तर्फ विक्रम गुरुङ र सुरेश श्रेष्ठको उम्मेदवारी रहेको छ । दलित तर्फ अर्जुन विक र किसान परियार तथा अल्पसंख्यक तर्फ अजिम बम्समियाँ र अर्जुन भण्डारीको उम्मेदवारी रहेको छ ।
निर्वाचन क्षेत्र १ ख तर्फ सभापतिमा अर्जुन गुरुङ र कृष्ण प्रसाद कोइरालाई भिड्दै छन् । यस्तै उपसभापतिमा भने ४ जनाले उम्मेदवारी दिएका छन् । कुमार परियार, विकास गुरुङ, विष्णु प्रसाद बराल र विष्णु प्रसाद सुवेदीको उम्मेदवारी रहेको छ । सचिवमा पनि ४ जनाको उम्मेदवारी रहेको छ । ई. महेश कार्की, किरण अधिकारी, कृतिबल्भ त्रिपाठी र राजेश अधिकारीको उम्मेदवारी रहेको छ ।
सहसचिवमा ३ जना उम्मेदवार रहेका छन् । प्रवण नेपाली, महेन्द्र गुरुङ र रामकुमारी पौडेल रहेकी छिन । प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला महिला तर्फ इन्द्रमाया बानिया, कल्पना सापकोटा, गायत्री सिग्देल, डाल्डादेवी भुजेल र भिम कुमारी गुरुङको उम्मेदवारी रहेको छ ।
प्रदेश महाधिवेशन प्रतिनिध खुल्ला तर्फ १३ जनाको उम्मेदवारी रहेको छ ।
किरण बराल, जानकदत्त अधिकारी, डा. विरबहादुर कार्की, देवराज बराल, नवीन सापकोटा, विमल बहादुर कार्की, सागर गुरुङ, सूर्य मोहन सापकोटा, शिरोमणि बराल, हरिश्वर पोख्रेल र श्रीकृष्ण लामिछाने रहेका छन् ।
यस्तै खस आर्य खुल्ला तर्फ ४ जनाको उम्मेदवारी रहेको छ । खिम बहादुर जि.सी, नवीन बाबु पौडेल, बालकृष्ण त्रिपाठी र सूर्य प्रसाद बराल रहेका छन् । आदिवासी जनजाती महिला तर्फ पार्वती राना मगर र रेनुका गुरुङको उम्मेदवारी रहेको छ ।
यस्तै पुरुष तर्फ विशाल गुरुङ र राजकुमार गुरुङको उम्मेदवारी रहेको छ । दलित तर्फ दिपेन्द्र परियार, विष्णु कुमार दर्जी र मन बहादुर नेपालीको उम्मेदवारी रहेको छ । मधेशी वा थारु वा मस्लिम वा अल्पसंख्यक वा अपांगता तर्फ नारायण प्रसाद शर्मा सर्वसम्म चयन भएका छन् ।
कास्की २ का उमेद्वार
कास्की २ क मा दिनेश आचार्य र वर्षा केशव पराजुलीले सभापतिमा उम्मेदवारी दिएका छन् । यस्तैै उपसभापतिमा चेत बहादुर महत, माधव प्रसाद बराल र षडानन्द लामिछानेले उम्मेदवारी दिएका छन् ।
सचिव तर्फ टंक प्रसाद भण्डारी, नारायण प्रसाद सर्मा र राजेश गौतमको उम्मेदवारी रहेको छ । सहसचिवमा केशवराज लामिछाने र गीता भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधि प्रत्यक्ष महिला तर्फ दुर्गा केसी, विन्दु कार्की र विष्णुदेवी आचार्य निर्विरोध निर्वाचित भएका छन् । खुल्ला तर्फ भने १३ जनाको उम्मेदवारी रहेको छ ।
खुल्ला तर्फ कृष्ण प्रसाद जमरकट्टल, जनार्दन आचार्य, तोय बहादुर भट्टराई, दिपक मल्ल, पितृराज आचार्य, माधव प्रसाद चापागाई, मिनबहादुर गिरी, युवराज बराल, योगेन्द्र सुवेदी, रघु पराजुली, रामचन्द्र पौडेल, विष्णु प्रसाद आचार्य र श्याम प्रसाद शर्माको उम्मेदवारी रहेको छ ।
समानुपातिक खस आर्य महिला तर्फ ऋषिमाया लामिछाने निर्विरोध निर्वाचित भइन् । खुल्ला तर्फ कर्णेल कृष्ण बहादुर खत्री र तारानाथ गौतम (पाखे) निर्विरोध निर्वाचित भए । दलित तर्फ टिकाराम सुनार, आदिवासी जनजाती महिला तर्फ चिनुकुमारी गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । खुल्ला तर्फ प्रेमलाल पुन र लिलकाजी गुरुङको उम्मेदवारी रहेको छ । अल्पसंख्यक तर्फ इम्रान खान र वीरेन्द्र प्रा. मण्डलको उम्मेदवारी रहेको छ ।
निर्वाचन क्षेत्र २ ख तर्फ केहीमा सर्वसम्मत हुदाँ ठूला पोष्ट सहसचिव बाहेक अन्य सबैमा निर्वाचन हुने भएको छ ।
सभापतिमा दिपेन्द्र मर्सानी र सुवास सिग्देलको उम्मेदवारी रहेको छ । उपसभापतिमा बोधराज घिमिरे, सरिता पराजुली र होम बहादुर बानियाँको उम्मेदवारी रहेको छ ।
सचिवमा श्रीकृष्ण आचार्य, जंगबहादुर हमाल ठकुरी, सुवर्ण केसी र शिरष कुमार बास्तोलाको उम्मेदवारी रहेको छ । सहसचिवमा भने कमल कुमारी केसीले उम्मेदवारी अन्तिम समयमा फिर्ता लिएपछि निलम बटाजु कर्माचार्य र सुरेश खवास निर्विरोध रुपमा निर्वाचित भएका हुन्
प्रदेश प्रतिनिधि महिला तर्फ ६ जनाको उम्मेदवारी रहेको छ । कमला गिरी, कल्पना बराल सापकोटा, मन्जुश्री थापा बस्नेत, शारदा बास्तोला र शर्मिला रानाभाटको उम्मेदवारी रहेको छ ।
खुल्ला तर्फभने १४ जना उम्मेदवारी रहेका छन् । अन्जन थापा, ऋषिराम आचार्य, कृष्ण आचार्य, कृष्णप्रसाद श्रेष्ठ, चोलेन्द्र पौडेल, टंकनाथ बास्तोला, दिपक प्रकाश आचार्य, दिपेन्द्र शर्मा, दिपक भट्टराई, तिलकराम पौडेल, प्रेमबहादुर कार्की, राजेन्द्र पहारी, लेखनाथ पराजुली र शंकर बास्तोलाको उम्मेदवारी रहेको छ ।
प्रदेश प्रतिनिधि तर्फ दामोदर बास्तोला, दिनेश प्रसाद शर्मा र लेखबहादर खत्रीको उम्मेदवारी रहेको छ ।
प्रदेश प्रतिनिधि समानुपातिक तर्फ भने सर्वसम्मत भएको छ । खस आर्य महिला तर्फ लक्ष्मी केसी कार्की, आदिवासी जनजाति पुरुष तर्फ तोरण गुरुङ सर्वसम्मत भएका हुन् ।
यसअघि पुरुष तर्फ प्रेम प्रसाद कर्माचार्यले उम्मेदवारी दिएपनि अन्तिममा उम्मेदवारी फिर्ता लिएका थिए । आदिवासी जनताति महिला तर्फ टिकाकुमारी गुरुङ सर्वसम्मत हुदाँ दलित तर्फ विष्णुमाया परियार सर्वसम्मत रुपमा निर्वाचित भइन् । मधेसी,थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता तर्फबाट अब्दुल मजिद मिया सर्वसम्मत निर्वाचित भए ।
कास्की ३ का उमेद्वार
निर्वाचर्न क्षेत्र ३ को क सभापतिमा दिपकराज पौडेल र पुष्पेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ । उपसभापतिमा दिलिप गिरी, धनबहादुर थापा,m मोतिलाल तिमिल्सिना र रामबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी रहेको छ । सचिवमा विनोद केसी, सरोज कुमार गुरुङ, प्रकाशचन्द्र सापकोटा र गंगाबहादुर गुरुङ (विश्वास) को उम्मेदवारी रहेको छ ।
सहसचिवतर्फ तिलक बहादुर खड्का, विष्णु प्रसाद अधिकारी,अनिल गुरुङ र मिनराज तिमिल्सिनाको उम्मेदवारी रहेको छ । प्रत्यक्ष महिला तर्फ अम्बिका खड्का ढकाल क्षेत्री,गिता पौडेल क्षेत्री, वसन्ती पौडेल,भिमकुमारी आले, मिनादेवी सुवेदी र शोभादेवी तिमिल्सिनाको उम्मेदवारी रहेको छ ।
खुल्लातर्फ अर्जुन पौडेल, कमल बहादुर गुरुङ, केशव बादुर गुरुङ देवीलाल शर्मा तिमिल्सिना, भरत कुमार गुरुङ, रवीन्द्र बहादुर प्रजु (रविन्सन), लोक घले, विष्णु प्रसाद अधिकारी, शम्सेर बहादुर थापा, शिव प्रसाद अधिकारी र हेमबहादुर गुरुङको उम्मेदवारी रहेको छ । खस आर्य महिला तर्फ कोपिला शर्मा बास्तोला,तारा तिमिल्सिना र मिना कुमारी पाण्डेको उम्मेदवारी रहेको छ ।
खुल्ला तर्फ भने कृष्ण प्रसाद पौडेल, भरतचन्द्र गौतम, मदन बहादुर केसी र राजेन्द्ररमण पराजुलीको उम्मेदवार रहेको छ । आदिवासी जनजाती महिलातर्फ कुशमाया तामाङ र कृष्ण कुमारी गुरुङको उम्मेदवारी रहेको छ । खुल्ला तर्फ गंगा बहादुर गुरुङ र महाविर थापा मगरको उम्मेदवारी रहेको छ । दलिततर्फ रामबहादुर नेपाली र संगम नेपालीको उम्मेदवारी रहेको छ ।
यस्तै निर्वाचन क्षेत्र ३ को ख तर्फ सभापतिमा जीवनाथ पौडेल (शंकर) र दिपपवीर कुँवरको उम्मेदवारी रहेको छ ।
उपसभापतिमा ४ जनाको उम्मेदवारी रहेको छ । पदम बहादुर गुरुङ, पार्वतीदेवी कोइराला, विकास गुरुङ र विनोद बहादुर खड्का रहेका छन् ।
सचिवमा पनि ४ जनाकै उम्मेदवारी रहेको छ ।
उपेन्द्र राज पराजुली, ठाकुर बराल, बाबुराम भण्डारी र शुक्रराज पौडेल रहेका छन् । सहसचिवमा गोलमाया अधिकारी, चित्रबहादुर गुरुङ र भिममाया सुवेदीको उम्मेदवारी रहेको छ । खस आर्यतर्फ खुल्लामा महिला तर्फ उर्मिला पौडेल र मिनुका भण्डारीको उम्मेदवारी रहेको छ । खुल्ला तर्फ भने गणेश बहादुर भट्राई र देवेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रत्यक्ष तर्फ (महिला) मा ५ जनाको उम्मेदवारी रहेको छ । गंगादेवी कुँवर, पवित्रा थापा, राजकुमारी थापा, लक्ष्मी सुनार र विष्णु कोइराला सुवेदीको उम्मेदवारी रहेको छ । खुल्ला तर्फ १४ जना उम्मेदवारहरु रहेका छन् । गुरुदत्त पराजुली, जगत बहादुर पहारी, जीवन प्रसाद बास्तोला, पदमलाल बस्ताकोटी, प्रकाश बराल, विकास लामिछाने, विजय गुरुङ, वेदहरी तिमिल्सिना, भानु पराजुली, मदन बराल, मोहन गुरुङ, राजु गुरुङ, रुपेश गुरुङ र लक्ष्मी गुरुङको उम्मेदवारी रहेको छ ।
अल्पसंख्यक तर्फ चक्र प्रसाद गौचन सर्वसम्मत निर्वाचित भएका छन् । दलित तर्फ चन्द्रकुमारी कामी र सन्तोष दियाली आदिवासी जनजाती महिला तर्फ कुन्ती गुरुङ र गौमती थापा मगर र खुल्ला तर्फ भिम बहादुर राना र विष्णु कुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।
प्रदेशसभामा सभापति पदका लागि १, उप सभापति २, सचिव २, सहसचिव २ गरी पदाधिकारी ७ र प्रदेश अधिवेशन प्रतिनिधि तर्फ़ प्रत्यक्ष खुल्लामा ७ तथा महिला तर्फ ३ सदस्यका लागि निर्वाचन हुदैँछ छ । यस्तै समानुपातिक तर्फ़ आदिवासी जनजाति महिला पुरुष, खसआर्य महिला तथा खुल्ला, दलित र अल्पसंख्यक तर्फ १/१ सिट रहेको छ ।
























