109Shares

पोखरा भ्यूज,

कास्की कांग्रेसमा भवे सार्कीको नाम नौलो होइन् । कांग्रेस राजनीतिमा रहेर आफ्नो जीवन समपर्ण गरेका भवे सार्की कास्कीका बाट दलित अगुवा नेता हुन् । दलित उत्थानका लागि संघर्ष गर्दै गर्दा हृदयघातका कारण उनको केही वर्षपहिले अकल्पनीय मृत्यु भएपछि उनको विरासत छोरा गोविन्द नेपाललीले धानिरहेका छन् ।

स्व. भवे सार्की तिनै व्यक्ति हुन् जस्ले कास्की कांग्रेसको इतिहासमा पहिलो पटक दलितबाट आमन्त्रित सदस्य पाएका थिए । वीपीको अनुसरण गर्ने स्व. भवे सार्कीको सपना पूरा गर्न उनका छोराले जिल्ला सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बाल्यकाल देखि नै बुबासंगै राजनीतिमा छिरेका गोविन्दले विद्यालयदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुदैँ दलित आन्दोलनमा समेत उत्तिकै योगदान दिंदै आएका छन् ।

नेविसंघदेखि दलितसंघसम्म विभिन्न पदमा रहेर काम गरेका उनी बुबाकै विचारबाट प्रभावित भएर राजनीतिमा लागेको बताउँछन् । दलित हक अधिकारका लागि मात्र नभई समाजमा रहेको विभेद अन्त्य गर्दै कास्की कांग्रेसलाई बलियो पार्टी बनाउन आफ्नो उम्मेदवारी दिएको उनले बताए । ‘बुबाकै प्रेरणाले आज राजनीतिमा लागेको छु ।

बुबा वीपी विचारमा लाग्ने व्यक्ति हुनुहुन्थ्यो । परिवार भन्दा पनि पार्टी प्यारो थियो बुबाको लागि । बुबाले यसरी उम्मेदवारी त दिन पाउनुभएन तर, वहाँको सपना पुरा गर्न नै मेरो उम्मेदवारी हो’ उनले भने । दिवंगत बुबाको सम्मान स्वरुप आफूलाई जिल्ला सदस्य पदमा जिताउन उनले आग्रह गरेका छन् ।

109Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected