15Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ६ गते भएको कास्की ३ को क्षेत्रीय अधिवेशनमा गुटभित्रै अन्तरघात भएको चर्चा छ । कास्की काँग्रेसका नेता शुक्रराज शर्मा समूह र संस्थापन पक्षधर मनोज गुरुङ समूहबीच प्रतिस्पर्धा हुँदा दुवै गुटभित्र अन्तरघात भएको स्रोतले बताएको छ ।

पालिका अधिवेशनसम्म मनोज समूहमा रहेका पूर्वमन्त्री महादेव गुरुङ प्रदेशसभा देखि नै शुक्रराज शर्मा गुटमा छिरेपछि ती दुवै समूहमा घात अन्तरघात शुरू भएको हो । दुवै समूहका साझा उमेद्वार भएको विषयले प्राथमिकता पाएपछि गुटभित्र किचलो उत्पन्न भएको थियो । पूर्वमन्त्री महादेव गुरुङले केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवालाई भोट हाल्ने दुवै टिमभित्र रहेका उमेद्वारलाई छानी छानी भोट नदिन अपील गर्दै हिंडेको स्रोतले बतायो ।

त्यसो त उनी संस्थापन पक्षधर मनोज समूहमा रहँदा पनि दोहोरो चरित्र देखाएको भन्दै टिममा विश्वास नगरेपछि वाध्य भई शुक्रराज समूहमा छिरेका थिए । यद्यपि उनी शुक्रराज समूहमा छिरे पनि शुक्रराजको केन्द्रीय लाइन स्पष्ट छैन । केन्द्रमा शुक्रराजलाई कुनै पनि नेताले विश्वासमा लिन सकेका छैनन् । त्यसो त केही समयअघि पोखरा आएका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटमा शुक्रराज शर्माले गण्डकी प्रदेशमा सभापतिका लागि आर्शिवाद मागेको चर्चा चर्चा थियो ।

मनोज समूहबाट जनजातिकोटमा केन्द्रीय महाधिवेशन प्रतिनिधका प्रत्यासी ललित गुरुङ शुक्रराज समूहमा समेत साझा उमेद्वार राखिएकामा महादेव गुरुङले हटाएका थिए । त्यसो त क्षेत्रीय सभापतिका प्रत्यासी खिमलाल बाँस्तोलाले समेत उनको नाममा विरोध जनाएको स्रोतले बतायो ।

उता यसअघि १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि जितेका राजबहादुर गुरुङलाई पनि सो टिममा नराख्न दबाब दिए पनि अन्ततः उनको नाम हटाउन भने सकेनन् । यद्यपि शुत्रराज टिमबाट राजबहादुरमाथि घात भएको स्रोतको दावी छ । राजबहादुरमाथि घात गर्न महादेव गुरुङ र युवराज कुँवर हात धोएर लागेको चर्चा छ ।

त्यसो त देवेन्द्र शेरचन पनि उनीहरुबाटै खेदिए । उता मनोज समूहमा रहेका तर महादेव गुरुङसँग निकट रहेका हरि लामिछाने समेतको टोलीले ललित गुरुङमाथि घात गरेको मनोज समूहकै निष्कर्ष छ । शुक्रराज समूहमा रहेका जिल्ला सदस्य शंकर ढुंगनामाथि पनि घात भएको छ ।

मंसिर ५ गते उमेद्वारी दर्ता भएकै दिन रातारात ढुंगनाको नाम काटेर पूर्वसचिव बाबुराम आचार्यलाई टिममा राखिएपछि शुक्रराज शर्माको घरमा रातभरि ढुंगनाको रुवाबासी चलेको थियो ।

अन्तिम अवस्थामा गुटबाटै घात भएपछि एक्लै चुनावी मैदानमा रहेका उनले ९९ मत पाए । यद्यपि आचार्यले १० औं स्थानमा महाधिवेशन प्रतिनिधिको सिट सुरक्षित राख्न सफल भएका छन् ।

गुटगत प्रतिस्पर्धामा गुटभित्रबाटै घात भएपछि संविधान सभा सदस्य कृष्णकुमारी परियार, देवेन्द्र शेरचन, राजबहादुर गुरुङ, ललित गुरुङ समेतका नेताहरु चिप्लिएका छन् । यद्यपि यसको प्रत्यक्ष असर शुक्रबार हुने जिल्ला अधिवेशनमा स्पष्ट हुने राजनीतिक वृतमा चर्चा छ ।
शुक्रबार हुने जिल्ला अधिवेशनमा कुँवर र लामिछाने जिल्ला उपसभापतिका प्रत्यासी छन् ।

त्यस्तै शुक्रराज समूहकै आइबहादुर गुरुङ र पोषनाथ शर्मा समेत जिल्ला सभापतिको दावेदारीमा उत्रिएपछि क्षेत्रीय अधिवेशनमा भएको अन्तरघातले कास्की ३ ले सभापति गुमाउने अवस्थामा पुगेको अनुमान छ । कास्की ३ को नतिजा यस्तो छः

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected