सभापतिमा मत दिन नेता गौतमको अपील
- November 25, 2021
- 4113

पोखरा । नेपाली काँग्रेसका नेता एवं सभापतिका प्रत्यासी गिरिराज गौतमले निष्ठा र इमान्दारिताको राजनीतिक संस्कार स्थापित गर्न सार्वजनिक अपील गरेका छन् । उनले नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार जिल्ला अधिवेशनको पूर्वसन्धामा कास्की सम्पूर्ण क्षेत्रीय प्रतिनिधि समक्ष यस्तो अपील गरेका हुन् ।
पार्टीको आन्तरिक प्रतिस्पर्धाले आन्तरिक लोकतन्त्र सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै समय सापेक्ष काँग्रेसको संगठन निर्माणका लागि आफनो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
‘जनताका हृदयमा पुग्न नसक्ने तर नेताको चाकरी गरेर पदासिन भएर मात्र काँग्रेस बलियो हुन सक्दैन । काँग्रेस मजबुज बनाउन संगठन निर्माण गर्न र यसका भ्रातृसंगठनलाई चलायमान बनाउन जरुरी छ,’ सभापति प्रत्यसी गौतमले अपीलमा उल्लेख गरेका छन् ।
उनले गुटगत मनोदशाका कारण काँग्रेसभित्र विचलन आएको बताउँदै आएका छन् । सच्चा काँग्रेसी निष्ठा र प्रेमको भावद्वारा निर्देशित हुनुपर्नेमा जोड दिंदै नेता गौतमले आफू कुनै अमूक नेताको नभई सच्चा काँग्रेसको सिपाहीका रुपमा आफ्नो उमेद्वारी आएको स्पष्ट पारेका छन् ।
स्थानीय तथा केन्द्रीयस्तरमा समेत निष्ठा र इमान्दार नेताको छवि बनाएका गौतम विगत चारदशक भन्दा समयदेखि निरन्तर काँग्रेस राजनीतिमा क्रियाशील छन् । उनी कास्कीका लोकप्रिय, भद्र, शालिन र सरल नेताका रुपमा चिनिएका छन् ।








सम्बन्धित खवर
















