20Shares

पोखरा भ्यूज । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा कास्कीका शुक्रराज शर्मा पर्वतका अर्जुन जोशी बीच प्रतिष्पर्धा हुने भएको  

प्रदेश सभापतिमा पौडेलकोइराला प्यानलबाट कास्कीका शुक्रराज शर्मा उठ्ने भएका हुन वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ आयोजित एक कार्यक्रमबीच शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन

संस्थापनइतर समूहबाट प्रदेश सभापतिमा शर्मासहित पाँच जना आकांक्षी रहेका थिए जसमा कास्कीकै यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी तनहुँका रघुनाथ पौडेल सभापतिका आकांक्षी थिए

पाँच जना नेताको दाबी परेपछि सहमति जुटाउन बिहीबार बिहानैदेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, केन्द्रीय सदस्यहरू दिलबहादुर घर्ती, कमला पन्त जिवन परियार साझा उम्मेदार बनाउन छलफलमा जुटिराखेका थिए अन्य पदाधिकारी टुंगो शुक्रबार बिहान लाग्ने बताईएको

संस्थापन पक्षबाट भने अर्जुन जोशीले यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् उनको समूहबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे कुमार खड्का तथा सह महामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त ओमकला गौतम उम्मेदवार रहने बताईएको

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected