
पोखरा भ्यूज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिको लागि मतदान कार्य सकिएको छ।
पोखरा प्रदर्शनीमा आयोजना गरिएको मतदानमा १ हजार १ सय ४६ मत खसेको मतदान अधिकृत वरिष्ठ अधिवक्ता कृष्ण थापाले जानकारी दिए।
मतदान अधिकृत थापाका अनुसार बिहान १० बजेबाट बेलुका ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण रहेको थियो। गण्डकीमा कुल १ हजार १ सय ६५ मत रहे पनि १९ मत नखसेको थापाले जानकारी दिए।
प्रदेश अधिवेशनमा कांग्रेसको संस्थापन र इतर पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का तथा सह महामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त र ओमकला गौतमलाई उम्मेदवार रहेका थिए ।
इतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा, उप-सभापतिमा हरिकुमार श्रेष्ठ र कल्पना तिवारी, महामन्त्री बिष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सह-महामन्त्री रमेश पाण्डे, रामचन्द्र जोशी, कोपिला रानाभाट प्रतिस्पर्धामा रहेका थिए । ८ जना पदाधिकारी सहित ६० सदस्य निर्वाचित हुनेमा १३२ जनाको उमेदवारी परेको छ ।








सम्बन्धित खवर
















