२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

जनशक्ति टोलमा गणेश महापुराण तथा धन– धान्याञ्चल ज्ञान महायज्ञ हुदै

पोखरा भ्यूज ।
पोखरा महानगरपालिका १५ तल्लो जनशक्ति टोल नयाँ गाउँले गणेश महापुराण तथा धन– धान्याञ्चल ज्ञान महायज्ञ २०७८ गर्ने भएको छ ।
आगामी मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म जनशक्ति टोलमा महायज्ञ गर्न लागिएको हो ।
दिग्दर्शक वाचक शिरोमणि पण्डित दीपक सापकोटा मुखार विन्दुबाट हुने गणेश गणेश महापुराण तथा धन–धान्याञ्चल ज्ञान महायज्ञको तयारी ६० प्रतिशत बढि सकिएको छ । शनिबार पत्रकारसम्मेलन मार्फत महायज्ञको बारेमा जानकारी दिदैँ महायज्ञ आयोजना कार्यक्रमका महासचिव हरी कार्कीले क्लबले विभिन्न ८ उदेश्य सहित महायज्ञ गर्न लागेको जानकारी दिए । लामो समय कोरोना महामारीले मानसिकतामा असर परिरहेका कारण उक्त असर निवारण गर्नका लागि समेत धार्मिक कार्य गर्न लागेको बताए । उनले विशेष गरी बहुउदेश्यीय भवन निमार्ण गर्ने लक्ष्य रहेको बताए । कार्कीले महायज्ञमा आउने सहयोगले जेष्ठ नागरिक केन्द्र व्यवस्थापन, नगर स्तरीय केन्द्र व्यवस्थापन, नगर स्तरीय पुस्तकालय निमार्ण, शिक्षा, रोजगार, कृषि लगायत प्रशिक्षण कक्ष निमार्ण, पुराना सामाग्री प्रदर्सन कक्ष, नगर स्तरीय सहकारी कक्ष, असाहय अशक्त आदिलाई खाद्यान्न स्वास्थ्य तथा शिक्षामा सहयोग कोर्ष निमार्ण गर्न तथा आधुनिक टोल निमार्ण गर्नका लागि महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिए ।
यस्तै तल्लो जनशक्तिटोल विकास संस्थाका अध्यक्ष मनहरी सुवेदीले समाजमा केहि गर्न सकिन्छ की भन्ने हेतुले महायज्ञको आयोजना गर्न लागेको बताए । उनले हिन्दुहरुको परम्परा तथा धार्म संस्कृतिलाई समेत अहिलेका पुस्ताहरुलाई जानकारी र सकरात्मक सोच दिनका लागि महायज्ञ पवित्र कार्य हुने बताए । मानिसहरुलाई अनुशासनमा राख्ने काम धर्मलेमात्रै गर्न सक्ने उनको भनाइ थियो । यस्तै तल्लो जनशक्ति टोल आमा समूहकी अध्यक्ष एलिना पराजुलीले महायज्ञको पूवसन्ध्यामा प्रचार प्रसार गर्न निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको बताइन् । उनले वडामा मात्रै नभई महानगर भित्रका सबै आमा समूह तथा क्लबहरुसंग सहकार्य गर्ने बताइन् । शिविरमा ३२ जनाले सेवा लिएको आमा समूहकी कोषाध्यक्ष कमला शाहीले जानकारी दिइन् । आमा समूहले देउसी भैलो देखि टोलमा हुने विभिन्न विवाह तथा शुभ कार्यबाट संकलन गरेको रकम समेत महायज्ञ जस्तो पुण्य काममा खर्चिन पाउँदा खुसी लागेका बताइन् ।
मंसिर २६ गते विहान यज्ञस्थलबाट शोभा यात्रा सहित कार्यक्रम उद्घाटन हुनेछ । २७ गते देखि पुस ४ गतेसम्म सप्ताहव्यापी दैनिक कार्यक्रम हुनेछन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…