211Shares

पोखरा भ्यूज । नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कँडेलले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी प्रस्तुत गरेका छन् ।

नेपाली काँग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका कँडेलले खुला केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिने भएका हुन् ।

सामान्य कृषक परिवारमा जन्मेका कँडेलले बिधार्थी राजनीति हुँदै निरन्तर रूपमा नेपाली काँग्रेसको राजनीतिमा क्रियाशिल रहँदै आएका छन । उनले वर्तमान अवस्थामा बलियो संगठन निर्माणका लागि आफ्नो उमेदवारी रहेको पोखरा भ्यूजलाई बताए ।

संविधान सभाको पहिलो निर्वाचनमा झिनो मतले पराजय भोगेका कँडेल नेपाली काँग्रेसको आठौं महाधिवेशनदेख़ि निरन्तर महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आएका छन् ।

211Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected