

पोखरा भ्यूज । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्माको जित भएको छ । संस्थापन ईतरकासभापतिका उम्मेदवार शर्मा ८४ मत अग्रताको साथ जित हासिल गरेका छन ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोईराला समूहबाट सभापतिका उमेदवार रहेकाशर्माले ६ सय १३ मत सहित सभापतिमा जित हासिल गरेका हुन । गण्डकीमा भएको जम्मा मत संख्या१ हज़ार १ सय ६५ मा खसेको मत जम्मा १ हजार १ सय ४६ रहेको थियो।
सभापतिका अर्का उम्मेदवार संस्थापन समूहका अर्जुनप्रसाद जोशीले जम्मा ५ सय २८ मत पाएका छन्। जोशी पाटी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहका सभापतिका उम्मेदवार हुन् ।
अन्य पदाधिकारीमा संस्थापन समूहका उप–सभापति मेखलाल श्रेष्ठ बाहेक अरुले पराजय भोगेकाछन । उपसभापतिमा कल्पना तिवारी ६ सय २४ र मेखलाल श्रेष्ठले ५ सय २६ मत प्राप्त गरी विजयीभएका छन । उप सभापतिका अन्य उम्मेदवार हरिप्रसाद श्रेष्ठ ५ सय ४८ र नेत्रबहादुर महत ४ सय ५७मत पाएका थिए ।
यसै गरी महामन्त्रीमा शर्मा प्यानलका किरणबाबु श्रेष्ठले ५ सय ७३ र बिष्णुप्रसाद लामिछानेले ५ सय६४ मतका साथ बिजय भएका छन भने कुमार खड़काले ५ सय ५६, ईश्वर पाण्डेले ४ सय ७३ मत प्राप्तगरेका छन ।
सह–महामन्त्री महिला तर्फ़ कोपिला रानाभाटले ५ सय ९२ मत ल्याई विजयी भएकी छन भने ओमकला गौतमले ५ सय १४ मत प्राप्त गरेकी छन । सह– महामन्त्री खुलामा रमेशकुमार पाण्डेले ६सय ५ र रामचन्द्र जोशीले ५ सय ७० मतका साथ विजयी भएका छन भने झुलबहादुर आले, राजनराजपन्त र युवराज बस्ताकोटीले क्रमशः ४ सय ८८, ४ सय ३१ र ९२ मत प्राप्त गरेका छन ।
गण्डकी प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल-कोईराला समूह) ले प्यानलसहितको प्रतिस्पर्धा गरेका हुन् ।सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदकालागि १५० जनाको प्रतिस्पर्धा छ । अन्य कार्यसमितिका सदस्यहरूको मतगणना जारी रहेको छ ।






सम्बन्धित खवर
















