272Shares

पोखरा भ्यूज । कास्कीको अन्नपूर्ण-४ र ५ सल्यान स्थित विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विभिन्न पेशा र व्यवसायमा आवद्व केहि युवाहरूको पहलमा ७ वटा बिधालयका १६ जना गरिव तथा जेहेन्दार अविभावक विहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको अभियानका संयोजक विजय गुरूङले बताए । आइतबार र सोमवार ७ वटै बिधालयमा पुगि विद्यार्थीहरुलाई स्टेशनरीका सामग्री वितरण गरिएको हो ।

शैक्षिक सामग्री प्राप्त गर्ने आधारभुत तहमा अध्ययन गर्ने बिधार्थीहरू प्रगतिशिल माविबाट ३ जना, जनशिद्व आधारभूत बिधालयका २, जनजागृत आ वि का २, बहादुरे मा वि का ३, बराह आ वि का २, भूमेश्वर आ वि का ३ र सल्लेरी आ वि बाट २ गरी १६ जना रहेका गुरूङले बताए ।


सामग्री बितरण कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्व युवाहरु आइन्दल गुरूङ, सागर देवकोटा, अनिल बस्नेत, प्रकाश गुरूङ, विश्वदल गुरूङ, जित भुजेल, शंकर पोखरेल, नवराज विक, साजन गुरूङ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा शहिद कृष्ण बहादुर गुरूङ पुत्र एवं अभियानका संयोजक बिजय गुरूङले आफुले १७ बर्षको उमेरमा अविभावक ‘पिताजी’ गुमाएको बताउदै अविभावक नहुदाँ कस्तो पिडा हुन्छ भन्ने मैले बुझेको हुँदा केहि मात्रामा भए पनि अविभावक बिहीन बाबुनानीलाई राहत होस भनि अभियान चलाएको हुँ । उनले यस अभियानलाई साथ र सहयोग गर्नु हुने देश र विदेशमा रहनु भएका सहयोगी मनहरू प्रति आभार व्यक्त गर्दै प्रत्येक ३/३ महिनामा अभियानलाई निरन्तरता दिने पनि बताए ।

272Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected