32Shares

काठमाँड़ौं । लेखक तथा राजनीतिज्ञ शङ्कर तिवारीकोकसले सुधार्छ काँग्रेसपुस्तक विमोचन भएको  प्रमुख अतिथि नेपाली काँग्रेसका युवानेता गगनकुमार थापाले मंगलवार काठमाँडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गरेका हुन  

पुस्तकको विमोचन गर्दै नेता थापाले पुस्तकका लेखक तिवारीको बौद्धिक क्षमताको खुलेर तारिफ गरेका थिए नेता थापाले काँग्रेसको १४ औँ महाधिवेशन सम्बन्धि स्मरण गराउदै पार्टी संकटमा रहेको त्यसबाट पार्टीलाई मुक्त गर्न महाधिवेशन प्रतिनिधिहरूले विवेक पुर्याउनु पर्नेमा जोड दिएका थिए

सो अवसरमा पुस्तकका लेखक एबं राजनीतिक विश्लेषक शंकर तिवारीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन्

कांग्रेस पार्टीलाई २१ औँ शताब्दी सुहाउँदो लोकतान्त्रिक पार्टी बनाउन नेपाली राजनीतिको परम्परागत व्याकरण बदल्नका लागि आफ्नो उम्मेदवारीको रहेको तिवारीले बताए। तिवारी नवलपुर क्षेत्र नं बाट निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि हुन् 

32Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected