0Shares

पोखरा भ्यूज
काठमाडौं ।नेपाली काँग्रेसको १४ औं महाधिवेशनले पदाधिकारी र केन्द्रीय समितिमा धेरै नयाँ अनुहारलाई स्थापित गरेको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापतिबाहेक अरु सबै नयाँ अनुहारका नेता छन् ।

काँग्रेसको विधान बमोजिम १३ जना पदाधिकारी हुने व्यवस्था छ । यसबाट पदाधिकारीमा ११ जना नयाँ अनुहार स्थापित भएको स्पष्ट देखिन्छ । त्यस्तै आइतबार साँझ सार्वजिनक गरिएको खुला ३५ केन्द्रीय सदस्यमा १५ अनुहार नयाँ छन् ।

१३ औं महाधिवेशनमा २५ खुला केन्द्रीय सदस्यमा विश्वप्रकाश शर्मा र रमेश लेखक मात्र नयाँ अनुहार थिए । तीमध्ये शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् भने लेखक लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए ।

अहिले मत गणना जारी रहेको विभिन्न कलस्टरमा ८६ केन्द्रीय सदस्यमा पनि अधिकाधिक नयाँ अनुहार प्रतिस्पर्धामा रहेका छन् । ३३ केन्द्रीय सदस्य भने पाटी सभापति शेरबहादुर देउवाले मनोनयन गर्ने छन् ।

३५ खुल्ला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा रहेका थिए । तीमध्ये डा. शशांक कोइराला सर्वाधिक मतसहित विजयी भएका छन् । विजयी ३५ केन्द्रीय सदस्यले पाएको मत यसप्रकार छः

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा खुला ३५ केन्द्रीय सदस्यले पाएको मत । स्रोत मिडिया सेन्टर, नेपाली काँग्रेस ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected